सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदहरूमा योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको छ। बैंकले चार्टर्ड एकाउन्टेन्ट (अफिसर लेभल) र सेमि क्वालिफाइड सीए (सिनियर असिस्टेन्ट/सुपरभाइजर) पदका लागि आवेदन माग गरेको हो।
यी दुवै पदका लागि केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौं कार्यक्षेत्र तोकिएको छ। चार्टर्ड एकाउन्टेन्टका लागि केही संख्यामा अफिसर लेभलका कर्मचारी आवश्यक छन् भने सेमि क्वालिफाइड सीएका लागि पनि केही संख्यामा सिनियर असिस्टेन्ट/सुपरभाइजर पदमा कर्मचारी आवश्यक छ।
सेमि क्वालिफाइड सीएका उम्मेदवारहरूले ICAN वा ICAI बाट कम्तिमा CAP II वा सोसरह स्तर पूरा गरेको हुनुपर्नेछ। यसका साथै, सम्बन्धित क्षेत्रको न्यूनतम २ वर्षको अनुभव अनिवार्य छ। अफिसर लेभलका उम्मेदवारको उमेर ४० वर्षभित्र र असिस्टेन्ट लेभलका उम्मेदवारको उमेर ३५ वर्षभित्र हुनुपर्नेछ।
आवेदन दिन इच्छुकहरूले बैंकको आधिकारिक वेबसाइट www.shangrilabank.com को करियर सेक्शनमा गएर आवश्यक निर्देशन पालना गरी २०८१ माघ २० गते साँझ ५:०० बजेभित्र आवेदन दिन सक्नेछन्।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया