एसईई पास भएकाहरुलाई स्वावलम्बन लघुवित्तमा जागिर खाने अवसर

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २५ गते
एसईई पास भएकाहरुलाई स्वावलम्बन लघुवित्तमा जागिर खाने अवसर

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक प्रशिक्षार्थी र सहायक प्रबन्धक प्रशिक्षार्थी पदका लागि आवेदन खुला गरेको छ। योग्य उम्मेदवारहरूले चैत १० गतेभित्र संस्थाको वेबसाइट www.swbbl.com.np मार्फत आवेदन दिन सक्नेछन्।

कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि एसईई उत्तीर्ण तथा सहायक प्रबन्धक प्रशिक्षार्थीका लागि स्नातक उत्तीर्ण हुनुपर्नेछ। कम्प्युटर तालिम लिएका, लघुवित्त क्षेत्रमा अनुभव भएका र चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

प्रतियोगितात्मक परीक्षा लिखित, फिल्ड अवधारणा, कम्प्युटर प्रयोगात्मक तथा अन्तर्वार्ताका आधारमा हुनेछ। छनोट भएका उम्मेदवारलाई ६ महिनासम्म तालिम दिइनेछ। दरखास्त दस्तुर क्रमशः रु. ५००/- र रु. १०००/- तोकिएको छ। विस्तृत जानकारीका लागि संस्थाको वेबसाइट हेर्न सकिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स