सांग्रिला डेभलपमेन्ट बैंकमा जागिर खाने अवसर, योग्यता कति चाहिन्छ ?
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले चार्टर्ड एकाउन्टेन्ट (CA) पदका लागि अफिसर लेभल तथा सेमी-क्वालिफाइड CA पदका लागि सिनियर असिस्टेन्ट वा सुपरभाइजर पदमा केही कर्मचारी माग गरेको छ। यी पदहरूका लागि उम्मेदवारहरूले न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनु पर्नेछ, जसअनुसार सेमी-क्वालिफाइड CA ले ICAN वा ICAI बाट न्यूनतम CAP II वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
सेमी-क्वालिफाइड CA का लागि कम्तीमा २ वर्षको आर्टिकलशिप वा बैंकिङ अनुभव अनिवार्य छ। उमेर सीमा अफिसर लेभलका लागि अधिकतम ४० वर्ष र असिस्टेन्ट लेभलका लागि अधिकतम ३५ वर्ष तोकिएको छ।
इच्छुक उम्मेदवारहरूले बैंकको आधिकारिक वेबसाइट www.shangrilabank.com को करियर सेक्शनमा गएर आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति माघ २०, २०८१, बेलुकी ५:०० बजे सम्म तोकिएको छ।