insta insta

सांग्रिला डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

सांग्रिला डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, कसरी दिने आवेदन ?
Advertisement Ads

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रिकभरी अफिसर पदमा योग्य तथा इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ। बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा रिक्त रहेको उक्त पदका लागि जुनियर अफिसरदेखि वरिष्ठ अफिसर तहसम्मको उम्मेदवार छनोट गरिनेछ।

उम्मेदवारहरूले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नातकोत्तर तह उत्तीर्णलाई प्राथमिकता दिइनेछ।

साथै, क्रेडिट तथा रिकभरी क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ। आवेदन दिने उम्मेदवारको उमेर ४० वर्षभन्दा कम हुनुपर्नेछ।

इच्छुक व्यक्तिहरूले बैंकको वेबसाइट www.shangrilabank.com को करियर सेक्शनमा गई तोकिएको प्रक्रियाअनुसार आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद २०८२ बैशाख २३ गते बेलुका ५ बजेसम्म तोकिएको छ।

491954577 1004899058407593 7001663412526611588 n https://bajarkochirfar.com/job-opening-at-shangri-la-development-bank-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स