insta insta

जीवन विकास लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, +२ पास भएकाहरुले आवेदन दिन पाउने

जीवन विकास लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, +२ पास भएकाहरुले आवेदन दिन पाउने
Advertisement Ads

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रशिक्षार्थी पदका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा ५० र सहायक प्रशिक्षार्थी पदमा २५ जना गरी कुल ७५ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ। इच्छुक र योग्य नेपाली नागरिकहरूले २०८२ सालको वैशाख १७ गतेदेखि ३१ गतेसम्म संस्थाको वेबसाइट मा गई अनलाइन आवेदन फाराम बुझाउन सक्नेछन्।

कनिष्ठ सहायक पदका लागि कम्तीमा १०+२ वा सो सरह शैक्षिक योग्यता आवश्यक छ भने सहायक प्रशिक्षार्थी पदका लागि सोही शैक्षिक योग्यता साथै आधारभूत कम्प्युटर तालिम प्राप्त गर्नुपर्नेछ, जसको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। दरखास्त दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाका लागि ५ वर्षको छुट हुनेछ। हाल संस्थामा कार्यरत कर्मचारीका लागि उमेर हद लागू हुने छैन।

परीक्षा प्रक्रिया अन्तर्गत लिखित परीक्षा, फिल्ड अवधारणा र अन्तर्वार्ता हुने बताइएको छ। परीक्षा शुल्क रु. ५०० तोकिएको छ, जुन केवल छनौट सूची (सर्टलिस्ट) मा परेका आवेदकहरूले मात्र बुझाउनुपर्नेछ। आवेदन फाराम बुझाउँदा एसएलसी/एसईईदेखि सबै शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

छनौट सूचीको नतिजा आगामी २०८२ जेठ ६ गते संस्थाको वेबसाइटमा प्रकाशित गरिनेछ।

job vacancy JBLL zoHYaG3D2i https://bajarkochirfar.com/jeevan-bikas-laghubitta-seeks-a-large-number-of-employees-2-pass-candidates-can-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स