जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा २०.६० प्रतिशतले बढेर १ करोड ४६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
संस्थाको खुद ब्याज आम्दानी ५६.७९ प्रतिशतले बढेर १४ करोड ८० लाख रुपैयाँ पुगेको छ जसकारण नाफामा वृद्धि भएको हो। यस्तै, अन्य सञ्चालन आम्दानी ११.१९ प्रतिशत घटेको छ।
चौथो त्रैमाससम्ममा जनउत्थान सामुदायिक लघुवित्तको निक्षेप संकलन ९.६६ प्रतिशतले बढेर ९५ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ०.६९ प्रतिशत बढेर २ अर्ब ८ करोड ३४ लाख रुपैयाँ पुगेको छ। यता, खराब कर्जा अनुपात ०.४९ प्रतिशतबिन्दुले घटेर ६.१६ प्रतिशतमा सीमित भएको छ।
संस्थाको चुक्ता पूँजी १७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ करोड ८९ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी ८.६१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४५.१० रुपैयाँ रहेको छ। साथै, मूल्य आम्दानी अनुपात १३२.१६ गुणा र तरलता अनुपात ११.५६५ प्रतिशत रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया