जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न, केके प्रस्ताव भए पारित ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १ गते
जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न, केके प्रस्ताव भए पारित ?

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारण सभा होटल न्यू ईरा, बुटवलमा सम्पन्न भएको छ। सभाको अध्यक्षतामा संस्थाका अध्यक्ष डा. मान बहादुर बीके रहँदा कार्यक्रम संचालन गरिएको थियो। साधारण सभामा सञ्चालक कुमारी कुँवर थापाले स्वागत मन्तव्य व्यक्त गरिन्।

सभामा अध्यक्ष बीकेले आर्थिक वर्ष ०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे। यस अवसरमा प्राध्यापक डा. द्रोण प्रकाश रसाली, पूर्व अध्यक्षहरू तथा संस्थापकहरू बाबुराम विश्वकर्मा, डा. यम बहादुर बीके र रेवन्त बहादुर विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गरे। त्यस्तै, पूर्व सञ्चालक तथा संस्थापक माधव प्रसाद नेपाल, पूर्व सञ्चालक र सर्वसाधारण सेयरधनी गोकर्ण बहादुर कार्की क्षेत्री, तथा संस्थाका बैंकिङ समुदाय सदस्य र उद्यमी सरिता जोशीले पनि मन्तव्य राखे।

सभाले सञ्चालक समितिको प्रस्तुति अनुसार वार्षिक प्रतिवेदन पारित, आर्थिक वर्ष ०८१/०८२ को वासलत, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूची पारित गरेको छ। साथै, आर्थिक वर्ष ०८२/०८३ को बाह्य लेखा परीक्षक नियुक्ति गर्ने निर्णय पनि गरिएको छ। विशेष प्रस्तावको रूपमा, अन्य उपयुक्त संस्थासँग गाभ्ने, गाम्ने वा प्राप्ति सम्बन्धित सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अधिकार दिने निर्णय पनि पारित गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स