जनउत्थान सामुदायिक लघुवित्तले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

जनउत्थान सामुदायिक लघुवित्तले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?
Advertisement Ads

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको माघ २७ गते बसेको बैठकले होटल न्यू ईरा, रुपन्देही, बुटवलमा दिउँसो १ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नेछ।

त्यसैगरी, चालू आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ति र तिनको पारिश्रमिक निर्धारणसम्बन्धी निर्णय पनि सभाले गर्नेछ।

साथै, अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर गर्नुपर्ने अवस्था आएमा यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनुपर्ने निर्णय पनि सभाले गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यस आधारमा फागुन ११ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्षम हुनेछन्।

Janautthan Samudayic Laghubitt https://bajarkochirfar.com/janutthan-community-microfinance-has-called-a-general-meeting-what-are-the-proposals | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स