असार २३ गते भोटेकोसी नदीमा आएको बाढीले रुसुवागढीको नेपाल–चीन मितेरी पुल, बन्दरगाहमा रहेका सवारी साधन र केही जलविद्युत् आयोजनाहरूमा क्षति पुर्याएको छ। यस बाढीबाट २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको ६३ वटा प्रारम्भिक बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सामुद्रिक बीमा लेखअन्तर्गत ६ वटा दाबीबाट १५ करोड ७० लाख १० हजार रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा लेखका ४ वटा दाबीबाट ५ करोड ५५ लाख रुपैयाँ, सम्पत्ति बीमा लेखका १० वटा दाबीबाट ४ करोड १८ लाख ५० हजार रुपैयाँ, मोटर बीमा (सार्वजनिक) अन्तर्गत ३२ वटा दाबीबाट २ करोड ३१ लाख ५० हजार रुपैयाँ र मोटर बीमा (निजी) अन्तर्गत ११ वटा दाबीबाट १ करोड १७ लाख ५० हजार रुपैयाँ माग गरिएको छ।
बीमा कम्पनीहरूतर्फ सबैभन्दा धेरै दाबी शिखर इन्स्योरेन्समा परेको छ, जसअन्तर्गत १० वटा दाबीबापत १६ करोड १२ लाख १० हजार रुपैयाँको दाबी गरिएको छ। त्यस्तै नेको इन्स्योरेन्समा ३ वटा दाबीबापत ५ करोड १२ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ७ वटा दाबीबापत ३ करोड ४१ लाख ५० हजार, नेपाल इन्स्योरेन्समा १२ वटा दाबीबापत १ करोड २८ लाख ५० हजार, सानिमा जीआइसीमा ६ वटा दाबीबापत ७७ लाख, आइजीआई प्रुडेन्सियलमा ९ वटा दाबीबापत ७५ लाख ५० हजार, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दाबीबापत ६८ लाख, एनएलजी इन्स्योरेन्समा ६ वटा दाबीबापत ४७ लाख र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा दाबीबापत ३१ लाख रुपैयाँको दाबी परेको बीमा प्राधिकरणले जनाएको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया