insta insta

रसुवागढी हाइड्रोपावरको निमित्त सीईओमा पुष्कर अमात्य

रसुवागढी हाइड्रोपावरको निमित्त सीईओमा पुष्कर अमात्य
Advertisement Ads

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले पुष्कर अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ।

कम्पनीको साउन २ गते बिहान बसेको सञ्चालक समितिको ३८७औँ बैठकले अर्को व्यवस्था नभएसम्मका लागि अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्व साउन १ गतेदेखि नेपाल विद्युत प्राधिकरणमा काज फिर्ता भएपछि कम्पनीले नयाँ जिम्मेवारी तोकेको हो।

निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका अमात्य कम्पनीद्वारा प्रवर्द्धित रसुवागढी जलविद्युत आयोजनाको सिभिल निर्माण महाशाखा प्रमुखका रूपमा कार्यरत थिए।

Screenshot 20 7 2026 102430 www.nepalstock.com https://bajarkochirfar.com/pushkar-amatya-appointed-as-acting-ceo-of-rasuwagadhi-hydropower | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स