हिमालयन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक सकारात्मक

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक सकारात्मक

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार पुस मसान्तसम्म कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.७३ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ३४ करोड ६० लाख रुपैयाँ थियो।

आम्दानी बढ्नुनै कम्पनीको नाफा बढ्नुको प्रमुख कारण हो। अघिल्लो वर्ष १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी यो वर्ष बढेर १२ अर्ब २१ करोड ४६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमाशुल्क आर्जन पनि ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँबाट बढेर ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ पुगेको छ।

जीवन बीमा कोषको आकार २०.७७ प्रतिशतले बढेर ७० अर्ब ४० करोड रुपैयाँभन्दा माथि पुगेको छ। कम्पनीको कुल खर्च २.५८ प्रतिशतले घटेको छ भने खुद दाबी भुक्तानी भने ७.४९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा प्रतिशेयर आम्दानी (EPS) पनि सुधार भएर ७५ पैसाले बढ्दै ९ रुपैयाँ ३८ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ २१ पैसा पुगेको कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्स २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४६ करोड रुपैयाँ रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स