हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा आज फागुन २७ गते बस्दैछ। सभा बानेश्वर अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरू हुनेछ।
सभामा गत आर्थिक वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह सम्बन्धी छलफल हुनेछ। आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार फागुन १४ गतेसम्म सेयर किन्ने लगानीकर्ताले लाभांश पाउने गर्न र सभामा सहभागिता जनाउन सक्नेछन्।
















प्रतिकृया