हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा भोलि, माघ ६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।
कम्पनीले लाभांश र सभा प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ पुस २१ गतेभन्दा पहिले सेयर खरिद गरेका सेयरधनीहरूले मात्र लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।
सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशत अनुसार करसहित २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश पारित गर्नेछ। सोही सभाले वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।
अर्कोतर्फ, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गर्ने योजना छ।

















प्रतिकृया