हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा आज काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जू श्रेष्ठ पनि सहभागी थिइन् ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ ।
साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरेको छ । यसर्थ पुस २० गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया