हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको माघ २ गते बसेको बैठकले साधारणसभा यही माघ २८ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। साथै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।
यसैगरी, सभाले सञ्चालक समितिबाट नियुक्त स्वतन्त्र सञ्चालकको नियुक्ति, सञ्चालक समितिको खर्च अनुमोदन र साधारणसभाका प्रस्तावित विषयमा नियमनकारी निकायले निर्देशन दिएमा त्यसअनुसार कार्यान्वयन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गर्नेछ।
साधारणसभामा भाग लिन योग्य सेयरधनीको सूची तयार गर्न कम्पनीले माघ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार, माघ १५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया