गरिमा विकास बैंक बन्यो सबैभन्दा बढी नाफा कमाउने विकास बैंक, अन्य सूचक कस्ता ?

गरिमा विकास बैंक बन्यो सबैभन्दा बढी नाफा कमाउने विकास बैंक, अन्य सूचक कस्ता ?

गरिमा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सर्वाधिक नाफा आर्जन गर्ने राष्ट्रिय स्तरको विकास बैंक बनेको छ। बैंकले यस अवधिमा ५५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले यसै अवधिमा ५१ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी बढ्नु र इम्पेरमेन्ट चार्ज घट्दा बैंकको नाफामा सकारात्मक प्रभाव परेको हो। बैंकको १८.१८ प्रतिशतले घटेर ४४ करोड ९९ लाख रुपैयाँमा आएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी ७.२८ प्रतिशतले बढेको छ। बैंकको खराब कर्जा ४.७२ प्रतिशत रहेको छ।

बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ। बैंकले ८७ अर्ब ३३ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गर्दै ६७ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.३४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५०.१६ रुपैयाँ छ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १४ करोड ७६ लाख रुपैयाँ रहेको छ।

यो पनि पढ्नुहोस् 

दोश्रो त्रैमासमा वाणिज्य बैंकको खराब कर्जामा लाग्यो उकालो, एभरेष्ट बाहेक सबैको बढ्यो
https://bajarkochirfar.com/commercial-banks-bad-loans-rose-in-the-second-quarter-with-all-but-everest-increasing

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स