कात्तिक २३ गतेदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै सिटी होटलको सेयर किन्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १६ गते
कात्तिक २३ गतेदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै सिटी होटलको सेयर किन्न पाउने

सिटी होटल लिमिटेडले साउन २६ गतेसम्म कायम रहेका सेयरधनीका लागि भदौ २३ देखि असोज २६ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो। उक्त अवधिमा बाँडफाँड हुँदा बाँकी रहेका अवितरित हकप्रद सेयर कम्पनीले अब लिलामीमा राखेको छ।

होटलले संस्थापक समूहतर्फ १९ लाख ८९ हजार ९९९ कित्ता, सर्वसाधारण समूहतर्फ (लकइनमा नरहेको) १ लाख ५४ हजार ३१९ कित्ता र कर्मचारी समूहतर्फ (लकइनमा रहेको) ६ हजार कित्ता गरी कुल २१ लाख ५० हजार ४१८ कित्ता सेयर लिलामीमा राखेको हो।

लकइन अवधि आगामी जेठ ४ गते समाप्त हुनेछ। लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ र लगानीकर्ताले कम्तीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्। बोलपत्र कात्तिक २३ गतेदेखि ३० गतेभित्र पेश गर्नुपर्नेछ।

बोलपत्र फाराम प्रभु क्यापिटल लिमिटेड, कमलादी (बिक्री प्रबन्धक) साथै प्रभु बैंकका विराटनगर, हेटौंडा, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा उपलब्ध हुनेछ। यस लिलामीमा होटलका संस्थापक सेयरधनीका साथै सर्वसाधारण व्यक्ति, कम्पनी तथा संघ–संस्था सबै इच्छुक लगानीकर्ताले सहभागिता जनाउन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स