instainsta

आजसम्म कायम सेयरधनीले दोर्दी खोलाको हकप्रद सेयर भर्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १३ गते
आजसम्म कायम सेयरधनीले दोर्दी खोलाको हकप्रद सेयर भर्न पाउने
AdvertisementAds

आज फागुन १३ गते दोर्दी खोला जलविद्युतको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन हो। कम्पनीले फागुन १५ गते बुक क्लोज गर्दैछ। महाशिवरात्रिको सार्वजनिक बिदाका कारण फागुन १४ गते नेप्से बन्द रहने भएकाले आजसम्म कायम रहने सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीले १ः१ को अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। हाल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रूपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स