एक्सेल डेभलपमेन्ट बैंकको घाटा अझै बढ्यो, खराब कर्जा कति पुग्यो ?



Advertisement
Ads

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ करोड ५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्षको सोही अवधिमा बैंकले ६ करोड ९९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। गत वर्षको तुलनामा बैंकको नोक्सानी २ करोड ५ लाख रुपैयाँले बढेको हो।


Advertisement

बैंकको खुद ब्याज आम्दानी ४.६४ प्रतिशतले घटेर १९ करोड ६४ लाख रहेको छ भने सञ्चालन आम्दानी पनि ३.११ प्रतिशतले घटेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज ७.७३ प्रतिशतले बढेर १७ करोड ४१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको सञ्चालन नाफा र वितरणयोग्य नाफा पनि ऋणात्मक देखिएका छन्। बैंकको खराब कर्जा (एनपीएल) बढेर ८.५६ प्रतिशत रहेको छ।


Advertisement

बैंकको चुक्ता पुँजी १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ रहेको छ, र जगेडा कोषमा ८० करोड १४ लाख रुपैयाँ जम्मा भएको छ।  बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ ४९  पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ८४ पैसा रहेको छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर