उद्यमी चिराग गोयाल एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन्। उनी बैंकको २०औँ वार्षिक साधारण सभाबाट सञ्चालकमा निर्वाचित भएका हुन्।
झापाको बुढाबारे स्थायी घर भएका गोयाल विभिन्न व्यवसाय तथा उद्यममा सक्रिय रहँदै आएका छन्। Goyal Group सँग आबद्ध उनले उत्पादन, व्यापार, बैंकिङ तथा वित्त, बीमा, रियल इस्टेट, खानी, नवीकरणीय ऊर्जा, कृषि, आतिथ्य तथा निर्माणलगायतका क्षेत्रमा काम गर्दै आएका छन्।
युवा नेतृत्व तथा उद्यमशीलताको क्षेत्रमा समेत सक्रिय गोयालले Nepalese Young Entrepreneurs’ Forum (NYEF), काठमाडौंको अध्यक्षका रूपमा सन् २०२१ देखि २०२३ सम्म नेतृत्व गरेका थिए। उनी Nepal Center for Political Leadership (NCPL) का सह-संस्थापकसमेत हुन्।

प्रतिकृया