प्रधानमन्त्रीको प्रचारपछि बढ्यो डीडीसी उत्पादनको माग: दूध, दही, घिउ र पनिरको मूल्य बढ्यो

प्रधानमन्त्रीको प्रचारपछि बढ्यो डीडीसी उत्पादनको माग: दूध, दही, घिउ र पनिरको मूल्य बढ्यो

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना केही दुग्धजन्य उत्पादनको मूल्य बढाएको छ। बजारमा माग बढेको भन्दै संस्थानले दूध, दही, घिउ र पनिरको मूल्य समायोजन गरेको हो।

डीडीसीका अनुसार आधा लिटर दूधको मूल्य ४९ रुपैयाँबाट ५० रुपैयाँ पुर्‍याइएको छ। प्रतिलिटर दहीको मूल्य १५० रुपैयाँबाट १६० रुपैयाँ पुगेको छ भने २०० ग्राम दहीको मूल्य ४० रुपैयाँबाट ४५ रुपैयाँ बनाइएको छ। आधा लिटर बट्टावाला दहीको मूल्य ८० रुपैयाँबाट ८५ रुपैयाँ पुगेको छ।

त्यस्तै, घिउको मूल्य प्रतिलिटर १०० रुपैयाँले बढाएर १,२५० रुपैयाँ कायम गरिएको छ। पनिरको मूल्य प्रतिकिलो ८२५ रुपैयाँबाट ८७५ रुपैयाँ पुर्‍याइएको छ।

700642160 1547646430060940 1051330705957493171 n https://bajarkochirfar.com/demand-for-ddc-products-increases-after-prime-ministers-campaign-prices-of-milk-curd-ghee-and-paneer-increase | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स