खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद सेयरमा आवेदन दिने म्याद दोस्रोपटक थप गरेको छ। कम्पनीले सुरुमा भदौ २३ गतेसम्म आवेदन दिने व्यवस्था गरेको थियो। तर पर्याप्त आवेदन नपरेपछि म्याद भदौ ३१ गतेसम्म लम्ब्याइएको थियो। पछिल्लो जेन–जी घटनाक्रमका कारण पुनः असोज ६ गतेसम्मका लागि म्याद थपिएको कम्पनीले जनाएको छ।
कम्पनीले हाल कायम ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ चुक्ता पुँजी बराबरको शतप्रतिशत हकप्रद सेयर निष्काशन गरिरहेको छ। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँका दरले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता सेयर बिक्रीमा आएका हुन्।
यस प्रयोजनका लागि कम्पनीले असार २७ गते एक दिन बुक क्लोज गरिसकेको छ। असार २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्। उक्त बिक्रीको व्यवस्थापन सिटिजन्स क्यापिटल लिमिटेडले गरिरहेको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया