खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले पुस ३० गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको धुम्बराहीस्थित धुम्र बाराह भेन्युमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
यस पटक कम्पनीले सेयरधनीहरूका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया