खानी खोला हाइड्रोपावर लिमिटेडले आज (कात्तिक १२ गते) देखि अवितरित हकप्रद सेयर लिलामी बिक्रीका लागि प्रक्रिया सुरु गरेको छ। कम्पनीले यसअघि भदौ ३ गतेदेखि असोज ५ गतेसम्म १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो। सो क्रममा आवेदन नपरेका सेयरहरू अहिले लिलामीमार्फत बिक्री गर्न लागिएको हो।
कुल ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद सेयर सर्वसाधारणका लागि लिलामीमा राखिएका छन्। इच्छुक लगानीकर्ताले कात्तिक १९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी आवेदन दिनुपर्नेछ। न्यूनतम १०० कित्ता सेयर का लागि आवेदन दिन सकिनेछ भने अधिकतम संख्यामा आवेदन दिन कुनै सीमा तोकिएको छैन।
यो लिलामीको निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। आवेदनहरू बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठीमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगंज, सुर्खेत, जनकपुर, नेपालगंज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयमार्फत पनि पेश गर्न सकिनेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया