खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक १२ गतेदेखि १९ गतेसम्म लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बाँडफाँड सम्पन्न गरेको छ।
कम्पनीले सर्वसाधारण समूहतर्फका ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद सेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत् बिक्री खुला गरी कात्तिक २७ गते बाँडफाँड गरेको हो।
बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) २१० रुपैयाँ निर्धारण गरिएको थियो। सोही मूल्यमा बोलपत्र पेश गर्ने आवेदकहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा सेयर वितरण गरिएको कम्पनीले जनाएको छ।
साथै, सेयर नपाएकाहरूको रकम मंसिर १ गतेदेखि सम्बन्धित आवेदकहरूको बैंक खातामा पठाइने कम्पनीले जानकारी दिएको छ।




















प्रतिकृया