नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत, कहिले देखि कारोबार गर्न मिल्ने ?

नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत, कहिले देखि कारोबार गर्न मिल्ने ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज खानी खोला हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर र कामना सेवा बैंक लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ ।

शुक्रबार खानी खोला हाइड्रोपावर लिमिटेडको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।

कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो। उक्त हकप्रद सेयर नेप्सेमा सूचीकृत भएसंगै अब सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सकिनेछ ।

download 3 1 https://bajarkochirfar.com/shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded-2 | %tags

त्यस्तै, नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कामना सेवा बैंक लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको १० प्रतिशत अर्थात ३५ लाख १० हजार ८४६.२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

Advertisement Ads

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

download 2 1 https://bajarkochirfar.com/shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स