निर्माण अन्तिम चरणमा पुगेको नागढुंगा-नौबिसे सुरुङ मार्गको काम स्थानीय अवरोधका कारण पाँच दिनदेखि ठप्प भएको छ। स्थानीय बासिन्दाले खानेपानीको माग गर्दै आयोजनास्थलमा धर्ना दिएपछि आइतबारदेखि निर्माण कार्य रोकिएको हो।
आयोजना प्रमुखले समस्या समाधानका लागि वार्ताको पहल गरे पनि स्थानीयले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मासँग मात्र कुराकानी गर्ने अडान लिएका छन्।
भौतिक पूर्वाधार मन्त्री, सचिव र सडक विभागका महानिर्देशक कार्य यात्राका क्रममा विदेशमा रहेका कारण समस्या समाधान गर्न ढिलाइ भएको थियो। सचिव र महानिर्देशक हिजो (चैत्र ६ गते) स्वदेश फर्किएका छन्।
चन्द्रागिरि नगरपालिका-२ का बासिन्दाले खानेपानी, चर्किएका घरहरूको क्षतिपूर्ति, र खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था लगायतका माग राख्दै आन्दोलन गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म काम हुन नदिने चेतावनी दिँदै सुरुङको प्रवेशद्वारमा ब्यानर टाँगेका छन्।
अहिलेसम्म सुरुङ मार्गको ८६ प्रतिशत काम सम्पन्न भइसकेको छ। आयोजनाले २०८२ असोजसम्म सवारी सञ्चालन गर्ने लक्ष्य राखे पनि बारम्बारको अवरोधले समयमै निर्माण सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ। हाल मुख्य सुरुङभित्र लाइटिङ, कङ्क्रिट सडक निर्माण, र बलम्बुको किसिपिडीमा फ्लाईओभर निर्माणको काम अन्तिम चरणमा छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया