चिरख्वा हाइड्रोपावरले बोलायो साधारण सभा, यस्ता छन् मुख्य प्रस्तावहरू

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २५ गते
चिरख्वा हाइड्रोपावरले बोलायो साधारण सभा, यस्ता छन् मुख्य प्रस्तावहरू

चिरख्वा हाइड्रोपावर लिमिटेडले चैत २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कुन्डलिनी रोयल्स, जोरपाटी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभाले आर्थिक वर्ष २०७०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । त्यस्तै, संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने ५ जना सञ्चालको निर्वाचन हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १२ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार , चैत ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स