चिरख्वा हाइड्रोपावले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, बोलायो साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २५ गते
चिरख्वा हाइड्रोपावले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, बोलायो साधारण सभा

चिरख्वा हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्तावसहित पुस २३ गते सातौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान १० बजे आयोजना हुनेछ। कम्पनीले हाल कायम ४० करोड रुपैयाँ चुक्तापूँजीको आधारमा सोही बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामार्फत पारित गर्नेछ, साथै हकप्रद सेयर निष्काशनका लागि आवश्यक सबै जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि हुनेछ।

त्यस्तै, सभाले आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका प्रतिवेदन तथा वित्तीय विवरणसमेत स्वीकृत गर्नेछ। साथै, चालू वर्षको लागि लेखापरीक्षक नियुक्ति र उनको पारिश्रमिक निर्धारणसम्बन्धी निर्णय पनि सभाले टुङ्ग्याउनेछ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकोले पुस १२ गतेसम्म नाम दर्ता भएका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स