SHAREHUBSHAREHUB

चन्द्रागिरी हिल्सको लाभांश घोषणा, बुक क्लोज कहिले ?

AdvertisementAds
चन्द्रागिरी हिल्सको लाभांश घोषणा, बुक क्लोज कहिले ?
AdvertisementAds

चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्न प्रस्तावित लाभांश पारित गर्ने उद्देश्यले साधारण सभा बोलाएको छ। कम्पनीले पुस २३ गते, बुधबार, चन्द्रागिरी हिल्स लिमिटेड, बटम स्टेशन परिसर, थानकोट, काठमाडौंमा १६ औँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो, जसको सुरु बिहान ११ बजे हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसका साथै, सभा मार्फत बोनस सेयर वितरणपछि कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन, प्रबन्धपत्र तथा नियमावली संशोधन, प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पनि पारित गरिनेछन्।

साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स