पाँचतारे होटल ‘ह्यात प्लेस’ को ब्रान्ड परिवर्तन, अब कुन ब्रान्डबाट चिनिने ?

पाँचतारे होटल ‘ह्यात प्लेस’ को ब्रान्ड परिवर्तन, अब कुन ब्रान्डबाट चिनिने ?

राजधानीको सोल्टीमोडस्थित पाँचतारे होटल ‘ह्यात प्लेस’ को ब्रान्ड परिवर्तन गरी ‘ह्यात सेन्ट्रिक’ बनाइएको छ। होटल सञ्चालक सिटी होटल लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै ब्रान्ड परिवर्तनको जानकारी दिएको हो।

यसअघि सिटी होटल लिमिटेडले ‘ह्यात प्लेस’ ब्रान्डमा होटल सञ्चालन गर्दै आएको थियो। अब नयाँ ब्रान्ड ‘ह्यात सेन्ट्रिक’ का साथ होटलले आफ्ना सेवा थप स्तरीय बनाउने उद्देश्य लिएको बताइएको छ।

१० रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा १५३ कोठा छन्, जसलाई नेपाली सांस्कृतिक वातावरणको झल्को दिने गरी निर्माण गरिएको छ। ब्रान्ड परिवर्तनपछि होटलले अतिथिहरूलाई अझै भव्य अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स