+२ पास भएकाहरुलाई एशियन लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ७ गते
+२ पास भएकाहरुलाई एशियन लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न प्रदेशका शाखाहरूमा कर्मचारी आवश्यक परेको जनाउँदै आवेदन आह्वान गरेको छ। कम्पनीले मार्केटिङ स्टाफ (ब्राञ्च म्यानेजर/मार्केटिङ एक्जेकुटिभ) र ट्रेनी असिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

मार्केटिङ स्टाफ पदका लागि न्यूनतम १०+२ उत्तीर्ण हुनुपर्नेछ भने स्नातक वा स्नातकोत्तर तह उत्तीर्णलाई प्राथमिकता दिइनेछ। यसका साथै एमएस वर्ड, एक्सेल लगायत अफिस प्याकेजको राम्रो ज्ञान, नेपाली र अंग्रेजी टाइपिङमा दक्षता, ३५ वर्ष ननाघेको उमेर र ड्राइभिङ लाइसेन्स अनिवार्य गरिएको छ। बीमा क्षेत्रको अनुभव, जस्तै सक्रिय एजेण्ट, शाखा प्रमुख वा मार्केटिङ स्टाफको रूपमा कम्तीमा १ वर्षको अनुभव भएकाहरूलाई प्राथमिकता दिइनेछ। साथै स्थानीय बासिन्दालाई समेत प्राथमिकता दिइने जनाइएको छ।

त्यस्तै, ट्रेनी असिस्टेन्ट पदका लागि व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने स्नातकोत्तरलाई प्राथमिकता दिइनेछ। कार्यालय प्याकेजको ज्ञान, टाइपिङ सीप, २५ वर्ष ननाघेको उमेर, ड्राइभिङ लाइसेन्स अनिवार्य गरिएको छ। अनुभव भएका र स्थानीय उम्मेदवारलाई यस पदमा समेत प्राथमिकता दिइनेछ।

उम्मेदवारहरूले आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र (यदि भएमा), अपेक्षित तलब तथा सुविधा उल्लेख गरिएको हस्तलिखित निवेदनसहित २०८२ साउन १३ गतेभित्र asianlifehr@gmail.com मा इमेल गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स