आशा लघुवित्तको २० लाख बढी कित्ता सेयरको लकइन सकिँदै

आशा लघुवित्तको २० लाख बढी कित्ता सेयरको लकइन सकिँदै

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २० लाख १४ हजार २२७.५० कित्ता सेयरको लकइन अवधि फागुन ११ गते सकिने भएको छ । कम्पनीले सेयरको लकइन अवधि सकिनु एक महीना अघि सार्वजनिक रुपमा जानकारी दिनुपर्ने व्यवस्था बमोजिम आज माघ १० गते सूचना जारी गरेको हो ।

कम्पनीले प्रचलित नियमअनुसार सार्वजनिक निष्काशन गरी बाँडफाँड गरिएको सेयरलाई ३ वर्षसम्म संस्थापक र कर्मचारीतर्फ रोक्का राख्नुपर्ने प्रावधानअनुसार लकइनमा राखेको थियो। लकइन अवधि समाप्त भएपछि कर्मचारी र संस्थापकले होल्ड गरेका सेयरहरू कारोबार गर्न सक्नेछन्।

यसअघि साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७८ साल फागुन ४ देखि ८ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओ फागुन १२ गते बाँडफाँट भएको थियो। सो आईपीओअन्तर्गत संस्थापकतर्फ १७ लाख ५० हजार कित्ता र कर्मचारीतर्फ १३ हजार कित्ता सेयर तीन वर्षका लागि कारोबार गर्न नसक्ने गरी रोक्का गरिएको थियो।

कम्पनीले वितरण गरेको बोनस सेयरसमेत थप हुँदा संस्थापकतर्फ २ लाख ४९ हजार ३७५ कित्ता र कर्मचारीतर्फ १ हजार ८५२ कित्ता गरी कुल २० लाख १४ हजार २२७ दशमलव ५० कित्ता सेयरको पनि लकइन अवधि समाप्त हुँदैछ। लकइन अवधि सकिएपछि यी सेयर बजारमा कारोबारयोग्य हुने जानकारी कम्पनीले दिएको छ। कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स