एसईई पास भएकाहरुलाई आशा लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

एसईई पास भएकाहरुलाई आशा लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय तथा शाखा कार्यालयहरूका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थाले मेहनती, इमान्दार र अनुभवी जनशक्ति खुला प्रतिस्पर्धाबाट भर्ना गर्नका लागि साउन ७ गते सूचना प्रकाशित गर्दै इच्छुक नेपाली नागरिकहरूलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो। आवेदन दिने अन्तिम म्याद साउन २१ गतेसम्म तोकिएको छ। इच्छुक उम्मेदवारहरूले संस्थाको वेबसाइट मा गई “Vacancy” सेक्शनमा क्लिक गरी अनलाइन आवेदन दिन सक्नेछन्।

संस्थाले अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी पदका लागि कर्मचारी मागेको छ। योग्यता अनुसार स्नातकोत्तर, स्नातक, प्रमाणपत्र तह, एसईई वा एसएलसी उत्तीर्णसहित लघुवित्त वा वित्तीय क्षेत्रमा १ वर्षदेखि ५ वर्षसम्मको अनुभव आवश्यक छ। साथै, प्रशिक्षार्थी पदका लागि कम्प्युटर सम्बन्धी ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

अधिकृत तहका पदका लागि उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ भने सहायक तहका पदका लागि १८ वर्षदेखि ३५ वर्षसम्मको उमेर हद तोकिएको छ। महिला उम्मेदवारका लागि उमेरको सीमा थप ५ वर्ष हुनेछ। योग्य उम्मेदवारहरूलाई लिखित परीक्षा, अन्तरवार्ता वा दुवै माध्यमबाट छनौट गरिनेछ। तलब र अन्य सुविधा संस्थाको नीति अनुसार हुनेछ। रित नपुगी वा समयावधिभित्र नपरेको आवेदन स्वीकृत हुने छैन। सबै छनौट प्रक्रिया सम्बन्धी अधिकार आशा लघुवित्त वित्तीय संस्थामा निहित रहनेछ।

Vacancy Open 2082.04.07 page 0001 https://bajarkochirfar.com/asha-laghubitta-has-opened-a-job-opportunity-for-those-who-have-passed-see-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स