लाभांश पारित गर्न आत्मनिर्भर लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज मिति कहिले?

लाभांश पारित गर्न आत्मनिर्भर लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज मिति कहिले?

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित गर्ने वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको साधारण सभा पुस २९ गते, होटल माला इन, घोराही १५, दाङमा बिहान ११ बजेदेखि शुरु हुनेछ।

साधारण सभाले कम्पनीले प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेकोले पुस १४ गतेसम्म नेप्सेमा कारोबार गरि कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागि जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स