मोदी इनर्जीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ३१ गते
मोदी इनर्जीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने
AdvertisementAds

मोदी इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनीले बैंकको ऋण चुक्ता गर्नको लागि कम्पनीको हाल कायम चुक्ता पूँजीको १:१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोगमा स्वीकृतिको लागि आवेदन दिने छ । आयोगबाट प्रस्ताव पारित भएपछि थप प्रकृया अघि बढाइने कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको पुँजी ५ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स