मोदी इनर्जीको नोक्सानी बढ्यो, कारण यस्तो

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २४ गते
मोदी इनर्जीको नोक्सानी बढ्यो, कारण यस्तो
Advertisement Ads

मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ३१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ११ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नोक्सानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३१.३२ प्रतिशतले घटेर १५ करोड ८२ लाख रुपैयाँबाट १० करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल नाफा १४ करोड १७ लाख रुपैयाँबाट घटेर ८ करोड ९४ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा १४ करोड २ लाख रुपैयाँबाट घटेर ८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।

यता, कम्पनीको वित्तीय खर्च २८.०७ प्रतिशतले घटेको छ।

असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक ५ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ ५९ रुपैयाँ ७९ पैसा रहेको छ।

MEL 2 https://bajarkochirfar.com/modi-energys-losses-increased-this-is-the-reason | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स