मोदी इनर्जी लिमिटेडको लकइन अवधि आगामी वैशाख महिनामा सकिँदैछ। कम्पनीको कुल २ करोड २६ लाख ३० हजार ४६० कित्ता सेयरको लकइन अवधि वैशाख ३० गते समाप्त हुन लागेको छ।
कुल सेयरमध्ये संस्थापकहरूले धारण गरेका सेयर २ करोड १७ लाख ५० हजार कित्ता, कर्मचारीहरूले धारण गरेका सेयर ७६ हजार ७० कित्ता, र स्थानीय लगानीकर्ताले धारण गरेका सेयर ८ लाख ४ हजार ३९० कित्ता रहेका छन्।
कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियम अनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ।




















प्रतिकृया