विद्युत बिक्री आम्दानी बढेसंगै मोदी इनर्जीको नोक्सानी घट्यो



Advertisement
Ads

मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ३५ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी १९ करोड ८६ लाख रुपैयाँ थियो।


Advertisement

कम्पनीको विद्युत बिक्री आम्दानी बढ्दा र वित्तीय खर्च घट्दा खुद नोक्सानी घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६१.४३ प्रतिशत बढेर २८ करोड ६८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी १७ करोड ७७ रुपैयाँ थियो। कम्पनीको वित्तीय खर्च भने २५.५१ प्रतिशत घटेर १५ करोड ६८ लाख रुपैयाँमा झरेको छ।


Advertisement

२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ अर्ब ६ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ७६.९७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७८.१० प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ६३ रुपैयाँ २१ पैसा रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर