सिटिजन्स बैंकको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १५ गते
सिटिजन्स बैंकको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज २९ गते बुक क्लोज गर्ने भएको छ । बैंकको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले बुक क्लोज मिति तय गरेको हो ।
तर,  कम्पनीले तय गरेको बुक क्लोजको आधारमा असोज २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । असोज २४ देखि असोज २८ गतेसम्म दशैंको सार्वजनिक विदा परेको छ । तसर्थ, असोज २३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन ।
बैंकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँको आधारमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । बैंकले सभा हुने मिति भने सूचनामा उल्लेख गरेको छैन ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स