चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सर्वोत्तम सिमेन्टले २ करोड २५ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो।
यस त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी पनि ७७.१६% ले घटेर १ अर्ब ४५ करोडमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष सञ्चालन आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँ थियो। बिक्री लागत पनि ७६.०४% ले घटेर १ अर्ब ३३ करोड ४८ लाखमा पुगेको छ।
हालसम्म कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रहेको छ । अदर इक्वीटी ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ३३ करोड ६८ लाख रुपैयाँभन्दा बढी छ । साथै, प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा रहेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया