विद्युत बिक्रीबाट आम्दानी बढेपछि रिडी पावरको नाफा बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २९ गते
विद्युत बिक्रीबाट आम्दानी बढेपछि रिडी पावरको नाफा बढ्यो

विद्युत बिक्री आम्दानी बढेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिडी पावर कम्पनी लिमिटेडले ५ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ४ करोड ७५ लाख रुपैयाँ घाटामा थियो।

रिडी पावरले पहिलो त्रैमासमा विद्युत बिक्रीबाट १२ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको तुलनामा १९८.२४ प्रतिशतले बढी हो। विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको नाफा बढेको हो। 

समिक्षा अवधिमा कम्पनीको कुल सञ्चालन खर्च १ करोड १९ लाख रुपैयाँबाट बढेर २ करोड ४८ लाख रुपैयाँ पुगेको छ। रिडी पावरको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६१ पैसा  छ भने प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ १८ पैसा रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स