रिडी पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा बढेर ५५ लाख ९५ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० करोड २१ लाख ६१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
यस अवधिमा को विद्युत बिक्री आम्दानी २० करोड ७३ लाख ३९ हजार रुपैयाँबाट २३.४६ प्रतिशतले बढेर २५ करोड ५९ लाख ८९ हजार रुपैयाँ पुगेको छ। २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोषमा २५ करोड ९२ लाख ८३ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३२ पैसा र प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ २७ पैसा छ।
अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्













![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)




![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-150x150.jpg)
![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)
प्रतिकृया