रिडी पावर कम्पनी लिमिटेडले हकप्रद मा बिक्रि नभएको सेयर आज अर्थात चैत २९ गतेदेखि लिलामी बिक्रि खुला गरेको छ।
कम्पनीले फागुन १८ गतेदेखि चैत ८ गतेसम्म सेयरधनीलाई १:०.५० अनुपातमा हकप्रद निष्कासन गरेको थियो। जारी भएको कुल हकप्रद सेयर मध्ये ६६ लाख ०८ हजार ८४९ (८५.३४%) मात्रै योग्य सेयरधनीहरुलाई बाँडफाँड गरिएको थियो । बाकी बिक्री नभएको ११ लाख ३५ हजार ६५७ (१४.६६% ) कित्ता सेयर लिलामी मार्फत ल्याएको हो । कम्पनीका अनुसार यो लिलामीमा जो कोहि व्यक्ति र संस्थाले आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
यसमा २०८१ वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेस गर्ने सकिनेछ। क्यापिटलको प्रधान कार्यालय नक्साल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, पोखरा, नारायणगढ, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सकिने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।


















प्रतिकृया