रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.२९ प्रतिशत बढी हो। गत वर्ष कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको विद्युत् बिक्रीबाट आम्दानी पनि ०.५६ प्रतिशतले बढेर ५ करोड ३३ लाख रुपैयाँ पुगेको छ। यता वित्तीय खर्च भने २१ लाख ६० हजार रुपैयाँबाट घटेर १५ लाख ९३ हजार रुपैयाँमा आएको छ। प्रशासनिक खर्च भने १७ लाख ६५ हजार रुपैयाँबाट बढेर २१ लाख ९४ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पुँजी ४९ करोड ३३ लाख रुपैयाँ छ भने जगेडा कोषमा २१ करोड ९६ लाख रुपैयाँ संचित छ। साथै, नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौताअनुसार ७.५९ करोड रुपैयाँ प्राधिकरणसँग लिन बाँकी रहेको कम्पनीले जनाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ३०.२० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४४.५२ रुपैयाँ, र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६५.१९ रुपैयाँ रहेको छ।





















प्रतिकृया