राप्रपाका जिल्ला अध्यक्षहरुको भेला आजदेखि सुरु हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण १७ गते
राप्रपाका जिल्ला अध्यक्षहरुको भेला आजदेखि सुरु हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा सुरु हुँदै छ ।

आज र भोलि धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हुने जिल्ला अध्यक्षहरुको भेलाको उदघाटन अध्यक्ष राजेन्द्र लिङदेनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समिक्षा गर्नुका साथै आगामी रणनीति तय गरिने कार्यसूची रहेको छ ।

भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ब्रिफिङ गर्नेछन् भने पार्टीका शिर्ष नेताहरुले सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स