चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले ४३ लाख ५३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ५२ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको ब्याज आम्दानी भने १६.१७ प्रतिशतले वृद्धि भई ३ करोड १३ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको २ करोड ६९ लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। हाल यो कम्पनीको चुक्तापुँजी ६ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ५ लाख रुपैयाँ छ। यस्तै, एनपीएल दर १४.४३ प्रतिशत पुगेको छ। कम्पनीको नोक्सानीसँगै प्रतिशेयर आम्दानी शून्य दशमलव ०६४ पैसा ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ३ सय ८२ रुपैयाँ २२ पैसा छ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया