गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ। समीक्षा अवधिमा लघुवित्तको नाफा १० लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६४.१० प्रतिशतले कम हो। गत वर्ष यस अवधिमा लघुवित्तले २८ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफामा गिरावट आएको छ। पहिलो त्रैमासमा खुद ब्याज आम्दानी २५.८५ प्रतिशतले बढेर ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ। यता सञ्चालन मुनाफा भने ६४.०८ प्रतिशतले घटेर १४ लाख ७८ हजार रुपैयाँमा खुम्चिएको छ। गत वर्ष लघुवित्तले ४१ लाख १५ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।
हाल कम्पनीको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ छ भने जगेडा कोषमा ३ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। यो अवधिमा लघुवित्तले ४४ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी अन्य वित्तीय संस्थाबाट ऋण लिँदै २ अर्ब ३ करोड ७३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। कम्पनीको वितरणयोग्य नाफा ३ लाख ४६ हजार रुपैयाँ ऋणात्मक देखिएको छ।
लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ४.८७ रुपैयाँले घटेर २.७३ रुपैयाँमा सीमित भएको छ। यस्तै यसको प्रतिसेयर नेटवर्थ १२४.६२ रुपैयाँ रहेको छ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया