बजेटले आर्थिक मन्दीलाई सम्बोधन गर्न सकेन : सांसद जबरा



Advertisement
Ads

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै सांसद धवल शमशेर जबराले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको राजस्व र व्ययको अनुमान (बजेट)ले मुलुकमा विद्यमान आर्थिक शिथिलतालाई चिर्न नसक्ने बताएका छन् ।


Advertisement

प्रतिनिधिसभाको आजको बैठकमा बजेट बारे धारणा राख्दै सांसद जबराले कुनै स्पष्ट योजना नभई वितरणमुखी र कनिका छरेको जस्तो बजेट ल्याएको बताए । “देशमा चलिरहेको आर्थिक मन्दीलाई बजेटले सम्बोधन गर्न सकेको छैन । आर्थिक मन्दी रहेको स्थितिमा त्यसलाई समाधान गर्न बजेटले कुनै स्पष्ट योजना ल्याएको देखिँदैन”, उनले भने, “कृषि क्षेत्रमा कृषि दशक भनिएको छ, तर कृषि क्षेत्रमा न्यून बजेट आएको छ ।” रासायनिक मलको अनुदानको रकम घटाउँदा त्यसको मार कृषकलाई पर्ने उनको भनाइ छ ।


Advertisement

सांसद जबराले सरकारले आगामी आर्थिक वर्षका लागि राखेको लक्षित राजस्व सङ्कलन गर्ने र स्रोत जुटाउन ठूलो चुनौती रहेको बताए । चालु आवको बजेटको आकार रु दुई खर्बभन्दा बढी घटाउनु परेको स्मरण गर्दै उनले आकारमा ठूलो बजेट ल्याउनेभन्दा पनि कार्यान्वयनमा सरकारले बढी जोड दिनुपर्ने उल्लेख गरे । बजेटले स्टार्टअप क्षेत्रमा राम्रा योजना ल्याएको उनको भनाइ छ । यद्यपि केही योजना तथा कार्यक्रम विवरणमुखी रहेको सांसद जबराले आरोप छ ।


Advertisement

“पुराना आयोजना अलपत्र छन् । थप नयाँ आयोजनामा बजेट राखेर कसरी पार लाग्ला ?”, सांसद जबराले प्रश्न गरे । विद्युतीय गाडीको प्रयोग बढेको र यसले पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जाने सरकारको नीतिकै प्रतिकूल हुनेगरी पेट्रोलियम पदार्थमा कर बढाइएको उनले उल्लेख गरे । भौतिक पूर्वाधारका क्षेत्रमा लगानी बढाइए पनि राष्ट्रिय गौरवका आयोजनामा न्यून बजेट विनियोजन भएको सांसद जबराको भनाइ छ । सिक्टा सिँचाइ आयोजनाका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको उनले गुनासो गरे ।

आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै जाने विषय सरकारले बजेटमा राखेको भए पनि त्यसका लागि कानुनी, संरचनागत र प्रक्रियागत सुधार हुन नसकेको सांसद जबराले बताए । सूचना प्रविधिका क्षेत्रमा लगानीको दशक घोषणा गरिनु बजेटको सकारात्मक पक्ष रहेको उनले उल्लेख गरे ।

#bajarkochirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर