फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर २८ गते शुक्रबार बिहान ११ बजे दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा साधारण सभा गर्ने निर्णय गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार मंसिर १३ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश तथा साधारण सभामा भाग लिन सक्नेछन ।













प्रतिकृया